३० जेठ, नेपालगन्ज । कृत्रिम बाढी सम्बन्धि उद्धार अभ्यास गरिएको छ ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ४ सिधनियाघाट राप्ती पुल स्थित काल्पनिक बाढी उद्धार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा शुक्रवार अभ्यास गरिएको हो ।
जिल्ला बिपद् ब्यवस्थापन समिति बाँकेले आयोजना गरेको उक्त अभ्यास लुम्बिनी प्रदेश माननिय मिना कुमारी श्रेष्ठ, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थिति र सहकार्यमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here