२० माघ, नेपालगन्ज । खुकुरी प्रहार गरी कर्तव्य गरि फरार रहेका अभियुक्त जगत सिंह ठकुरी पक्राउ परेका छन् ।
२०८१ असार २८ गते राति करिब १०ः४५ बजेको समयमा नेपालगन्ज उ.म.न.पा. ११ टागाँस्टेसन नजिकै सोही स्थान बस्ने बर्ष ३० को इसाद कबडियालाई खुकुरी प्रहार गरी कर्तब्य गरि फरार रहेका जाजरकोट कुुसे गाउँपालिका ८ वर्ष २३ का अभियुक्त जगत सिंह ठकुरीलाई शनिवार राति १० बजेको समयमा नेपालगन्ज ४ बसपार्क अछामी गेष्ट हाउसबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका ठकुरीमाथि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी गराएका छन् ।